थाई एयर एसियाले पायो थाइल्यान्डको बैङ्ककबाट नेपाल उडानका लागि अनुमती

काठमाडौं : थाई एयर एसियाले थाइल्यान्डको बैङ्ककबाट नेपाल उडानका लागि सञ्चालन अनुमति पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थाई एयर एसियालाई सञ्चालनको अनुमति दिएको हो । त्यस्तै, सञ्चालन अनुमति पाएसँगै थाई एयर एसियाले उडान अनुमतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा निवेदन दिएको छ ।

एयरलाइन्सले बुझाएको कागजात अध्ययनपछि सुरक्षा जाँचका लागि क्यानको टोली थाइल्यान्ड जाने भएको छ । थाई एयर एसियाको नेपालको जनरल सेल्स एजेन्ट (जीएसए) विशाल ग्रुपले लिएको छ । हाल थाइल्यान्डबाट नेपालमा थाई एयर र थाई लायन एयरलाइन्सले उडान गर्दै आएका छन् ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १६:२१