गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १५ गते आह्वान

काठमाडौं : गण्डकी प्रदेशले प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन यही जेठ १५ गते आह्वान गरेको छ । जसको लागि प्रदेश प्रमुखसँग अनुरोध गर्ने गण्डकी प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आर्थिक वर्ष २०७६र७७ को बजेट पेश हुने भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी गराउनुभयो ।

प्रवक्ता बस्नेतका अनुसार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रहरीलाई मोटरसाइकल खरीदका लागि रु ९२ लाख छुट्याइएको छ । सरकारले छुट्टै अफ्सेट प्रेस सञ्चालनका लागि विनियोजित रु एक करोडमध्येबाट सो रकम रकमान्तर गरी मोटरसाइकल खरीदका लागि दिने निर्णय गरिएको छ ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १७:१३