घट्यो पेट्रोल र डिजेलको भाउ

काठमाडौं : आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले नयाँ मूल्य सूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको  प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार २०:२६