पोखरामा टाटाको कार मेला आजदेखि

काठमाडौं: टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङको आयोजनामा आज (शनिबार ) देखि पोखरामा कार मेला शूरु हुँदैछ । मेला सिप्रदी ट्रेडिङ्गको आधिकारीक विक्रेता दिप मोटर्स प्रालिको सहकार्यमा हुन लागेको हो । मेला शनिबार र आइतबार दुई दिनसम्म चल्नेछ। बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार मेला सिप्रदी ट्रेडिङको कार्यालय बुद्ध चोक पोखरामा हुनेछ। मेलाले एकै स्थानमा गाडी किन्ने सुविधा उपलब्ध हुने आयोजककको भनाइ छ। मेलामा पुरानो र नयाँ गाडी एक्सचेन्ज अफरसमेत राखिएको छ।


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार ०६:३५