एनआईसी एसियाकोे तीनवटा शाखारहित बैंकिङ सेवा

काठमाडौं: एनआईसी एसिया बैंकले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका–१ को गाडागल्ली र मेचीडाँगीमा ३३,३४ र ३५ औंंशाखारहित बैंकिङ सेवा बुधबारबाट सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको सीतापुर शाखारहित बैंकिङ सेवाको उद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष रामबल्लभ साह र विशेष अतिथिका रूपमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत […]

सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा

काठमाडौं : सनराइज बैंक, सञ्चालक समितिको २०७६ जेठ २२ गतेको बैठकको निर्णयअनुसार आशा राणा अधिकारी नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा हुनुुभएको छ । हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालिरहेकी राणा विगत ३१ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहनुुहुन्छ । सनराइज बैंकमा, बैंकको स्थापनाकालदेखि नै कार्यरत छिन् भने सनराइज बैंकमा आउनु अघि उहाँले हिमालयन बैंकमा […]

चीनले भन्योः रेलका लागि नेपालको तयारी पुगेन

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपाललले गर्नुपर्ने तयारी समेत नगरेको बताएको छ । समाचारमा लेखिएको छ, बेइजिङमा बिहीबार सम्पन्न नेपाल–चीन रेलवेसम्बन्धी चौथो बैठकमा चीनले केरुङ–काठमाडौं जोड्ने चिनियाँ रेलवेको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० मा छलफल गर्नुअघि मूलभूत तयारीका पाँचवटा बुँदामा टुंगोमा पुग्नुपर्ने प्रस्ताव राख्यो । चिनियाँ पक्षले […]

सुन हालसम्मकै महँगो

काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको रहेको छ । बिहीबारको तुलनामा शुक्रबार बजारमा सुन १ हजार र चाँदी १० रुपैयाँले बढेको हो ।नेपालको इतिहासमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै बजारमा आज छापावाला सुन प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । त्यस्तै, तेजावी सुन प्रतितोला ६४ हजार ७ सय […]

नेप्सेमा करीब ६ अङ्कको वृद्धि

काठमाडौं: लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक भएदेखि नै ओरालो लागेको परिसूचक आज भने करीब ६ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५।९० अङ्कले बढेर एक हजार २६४।३६ बिन्दुमा पुगेको छ । यस्तै ठूला […]

एनआईसी एसिया र राष्ट्रिय बिमा संस्थानबीच सम्झौता

काठमाडौं : एनआईसी एसिया बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानसँग बैंकासुरेन्स सम्झौता गरेको छ । बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठकले हस्ताक्षरबीच सम्झौता भएको हो । बैंकका ग्राहक महानुभावहरूले मुलुकभर फैलिएको २ सय ८४ वटै शाखा कार्यालयबाट सहज रूपमा राष्ट्रिय बिमा संस्थानको जीवन बिमा पोलिसिहरू खरिद गर्न […]

विदेशी लगानीकर्ताले ५ करोडभन्दा कम लगानी गर्न नपाउने, आवासीय भिसा भने अनिवार्य लिनुपर्ने

काठमाडौं : नेपालभित्र विभिन्न क्षेत्रमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले ५ करोड रुपैयाँभन्दा कम लगानी गर्न नपाउने सरकारले हाल जारी गरेको ऐनमा व्यवस्था गरिएको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन,२०७५ को दफा ३, उपदफा ३ मा व्यवस्था गरेअनुसार अब नेपालमा लगानी गर्ने चाहने विदेशीले ५ करोडभन्दा लगानी उद्योग, व्यवसाय र अन्य व्यापार […]