एनआईसी एसिया र राष्ट्रिय बिमा संस्थानबीच सम्झौता

काठमाडौं : एनआईसी एसिया बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानसँग बैंकासुरेन्स सम्झौता गरेको छ । बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठकले हस्ताक्षरबीच सम्झौता भएको हो । बैंकका ग्राहक महानुभावहरूले मुलुकभर फैलिएको २ सय ८४ वटै शाखा कार्यालयबाट सहज रूपमा राष्ट्रिय बिमा संस्थानको जीवन बिमा पोलिसिहरू खरिद गर्न सक्ने बैंकले जनाएको छ ।


प्रकाशित | ४ असार २०७६, बुधबार १७:४३