सुन हालसम्मकै महँगो

काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको रहेको छ । बिहीबारको तुलनामा शुक्रबार बजारमा सुन १ हजार र चाँदी १० रुपैयाँले बढेको हो ।नेपालको इतिहासमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै बजारमा आज छापावाला सुन प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी, चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रकाशित | ६ असार २०७६, शुक्रबार ११:५५