कैलाली हावाहुरीपीडितलाई जनता बैंकको १ लाख ५० हजार आर्थिक सहयोग

काठमाडौं: कैलाली हावाहुरीपीडितलाई जनता बैंकले आर्थिक सहयोग प्रदान गरिएको छ । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप व्यवस्थापन कोष’लाई बैंकको तर्फबाट १ लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको छ । उक्त सहयोग रकमको चेक बैंकको सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्दप्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टलाई हस्तान्तरण गर्नुभएको थियो ।

सूर्यविनायक नगरपालिकाको पाँचौ नगरसभा उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुहुने

भक्तपुर: भक्तपुरको सूर्यविनायक नगरपालिकाको पाँचौ नगरसभा सोमबार हुँदैछ । नगर प्रमुख बासुदेव थापाका अनुसार नगरसभा यो बैकेट सुर्यबिनायकमा नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री माननीय ईश्वर पोखरेल तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतको विशेष उपस्थितिमा हुँदैछ । नगरसभाको अवसर पारेर नगरपालिकोले सोमबार सार्वजनीक बिदा दिर्दै सम्पूर्ण नगरबासीमा नगर सभामा उपस्थित हुन आग्रह गरेको छ ।

१०० कम्पनीको नक्कली भ्याट बिल, साढे ७ अर्ब छली

काठमाडौं : राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ । ती कम्पनीबाट नक्कली बिल खरिद गर्ने झन्डै एक हजार कम्पनीको हिसाबकिताब जोड्दा कुल कर छली १५ अर्ब रुपैयाँ पुग्छ । २०६७ सालको नक्कली भ्याट बिल प्रकरणमा झन्डै साढे […]

एनआईसी एसियाकोे तीनवटा शाखारहित बैंकिङ सेवा

काठमाडौं: एनआईसी एसिया बैंकले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका–१ को गाडागल्ली र मेचीडाँगीमा ३३,३४ र ३५ औंंशाखारहित बैंकिङ सेवा बुधबारबाट सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको सीतापुर शाखारहित बैंकिङ सेवाको उद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष रामबल्लभ साह र विशेष अतिथिका रूपमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत […]

सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा

काठमाडौं : सनराइज बैंक, सञ्चालक समितिको २०७६ जेठ २२ गतेको बैठकको निर्णयअनुसार आशा राणा अधिकारी नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा हुनुुभएको छ । हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालिरहेकी राणा विगत ३१ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहनुुहुन्छ । सनराइज बैंकमा, बैंकको स्थापनाकालदेखि नै कार्यरत छिन् भने सनराइज बैंकमा आउनु अघि उहाँले हिमालयन बैंकमा […]

चीनले भन्योः रेलका लागि नेपालको तयारी पुगेन

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपाललले गर्नुपर्ने तयारी समेत नगरेको बताएको छ । समाचारमा लेखिएको छ, बेइजिङमा बिहीबार सम्पन्न नेपाल–चीन रेलवेसम्बन्धी चौथो बैठकमा चीनले केरुङ–काठमाडौं जोड्ने चिनियाँ रेलवेको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० मा छलफल गर्नुअघि मूलभूत तयारीका पाँचवटा बुँदामा टुंगोमा पुग्नुपर्ने प्रस्ताव राख्यो । चिनियाँ पक्षले […]

सुन हालसम्मकै महँगो

काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको रहेको छ । बिहीबारको तुलनामा शुक्रबार बजारमा सुन १ हजार र चाँदी १० रुपैयाँले बढेको हो ।नेपालको इतिहासमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै बजारमा आज छापावाला सुन प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । त्यस्तै, तेजावी सुन प्रतितोला ६४ हजार ७ सय […]