एनआईसी एसियाकोे तीनवटा शाखारहित बैंकिङ सेवा

काठमाडौं: एनआईसी एसिया बैंकले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका–१ को गाडागल्ली र मेचीडाँगीमा ३३,३४ र ३५ औंंशाखारहित बैंकिङ सेवा बुधबारबाट सञ्चालनमा ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएको सीतापुर शाखारहित बैंकिङ सेवाको उद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष रामबल्लभ साह र विशेष अतिथिका रूपमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत र वडा नं. ६ का वडा अध्यक्ष सुरेशकुमार साह सुरीको उपस्थितिमा सम्पन्न भएको बैंकले जनाएको छ । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रूपमा रमेश गुप्तालाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

यसै गरी गाडागल्ली र मेचीडाँगी शाखारहित बैंकिङ सेवाको उद्घाटन मेचीनगर नगरपालिकावडा–१ का वडा अध्यक्ष पासाङ तामाङले गरे भने शाखारहित बैंकिङ सेवाका प्रतिनिधिका रूपमा भावना श्रेष्ठ र मेचीडाँगी शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रूपमा लोकनाथ लामिछानेलाई नियुक्त गरिएको जनाएको छ ।


प्रकाशित | ७ असार २०७६, शनिबार ११:३९