सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा

काठमाडौं : सनराइज बैंक, सञ्चालक समितिको २०७६ जेठ २२ गतेको बैठकको निर्णयअनुसार आशा राणा अधिकारी नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा हुनुुभएको छ । हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालिरहेकी राणा विगत ३१ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहनुुहुन्छ । सनराइज बैंकमा, बैंकको स्थापनाकालदेखि नै कार्यरत छिन् भने सनराइज बैंकमा आउनु अघि उहाँले हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्षभन्दा बढी काम गरीसक्नु भएको छ । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट एमबीएमा प्रथम श्रेणीमा प्रथम भई महेन्द्र विद्याभूषणलगायत विभिन्न विभूषण तथा स्वर्ण पदकहरm प्राप्त गरिसक्नुभएको छ ।


प्रकाशित | ७ असार २०७६, शनिबार ०९:३३