एनआरएनको योगदानलाई राष्ट्रले महत्वका साथ हेरेको छ: राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीको योगदानलाई राष्ट्रले महत्वका साथ हेरेको बताउनु भएको छ । आज संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले नेपाल तथा नेपालीलाई समस्या पर्दा एनआरएनले खेलेको भूमिकाको प्रशंशा गर्नु भयो ।

एनआरएनको उचित माग र चाहनालाई नेपाल सरकारले सुनुवाइ गर्ने उहाँले बताउनु भयो । उहाँले एनआरएनले विश्वभर सांस्कृतिक दूतको भूमिका खेलेको भन्दै एनआरएन नागरिकता सम्वन्धि कानुन छिटो भन्दा छिटो लागू हुने पनि बताउनु भयो । सो अवसरमा राष्ट्रपति भण्डारीले विदेशमा आर्जन गरेको सीप, ज्ञान र पूँजि नेपालमा लगानी गर्न आग्रह गर्नु भयो।

गृहमन्त्री बालकृष्ण खाडले विश्वभर छरिएर रहेका नेपालीको समस्या समाधान र आवश्यक सहयोगका लागि सरकार सधैव साथमा रहेको बताउदै सरकारले पनि एनआरएनबाट साथ–सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

उहाँले एनआरएनले नेपालको उद्योगधन्दा तथा व्यापार व्यवसायमा पु¥याएको टेवा र लगानी भित्र्याउने काम गरेकोमा त्यसमा सरकारको साथ र समर्थन रहने बताउनु भयो । एनआरएनहरुको सम्पत्ति र व्यवसायको सुरक्षाको लागि पनि सरकार गम्भिर रहने बताउदै उनले यसका लागि आवश्यक कानुनी संशोधनहरु गरिने बताउनु भयो।

उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ज्ञान, सीप र पूजिलाई नेपालको दिगो विकासमा प्रयोग गर्न एनआरएनहरु क्रियाशिल भएको बताउदै स्वदेशको समृद्धिमा यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्नेमा यो सम्मेलन केन्द्रित हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

कोभिडपछि नेपालको अर्थतन्त्र विस्तारै उठन थालेको भन्दै अध्यक्ष गोल्छाले मुलुकभित्र बाह्रय सहायता, लगानी र बिप्रेषण बढाउन आर्थिक कुटनीति ससक्त बनाउनुपर्ने बताउनु भयो ।

यसमा एनआरएनहरुको सहयोग अपरिहार्य रहेको पनि बताउनु भयो । कोभिड पश्चात विश्व अर्थव्यवस्थामा आउने आमूल परिवर्तनलाई आत्मसात गर्दै मुलुकलाई सोही अनुसार अगाडि बढाउन सरकार, निजी क्षेत्र र गैर आवासीय नेपालीबीचको सहकार्य जरुरी रहेको उहाँको भनाई छ ।

संघका सस्थापक अध्यक्ष उपेन्द्र महतोले एनआरएनएमा राजनीतिक दलले हस्तक्षेप नगरिदिन आग्रह गर्दै अझै संघको अभियान नसकिएको र धेरै काम गर्न बाकी नै रहेको बताउनु भयो । समृद्ध नेपाल बनाउने सपना पुरा नभएसम्म आफुहरुको अभियान कहिल्यै नरोकिने भन्दै उनले नागरिकता ऐन चाडो लागू गर्न आग्रह गर्नु भयो ।

पूर्वअध्यक्ष जिवा लामिछानेले संसारभर छरिएर रहेका नेपालीलाई भावनात्मकरुपमा जोडेर मातृभूमि नेपालको समुन्नतमा हातेमालो गर्ने उद्देश्यले स्थापना भएको संघले यसबीचमा अभूतपूर्व फडको मारेको बताउनु भयो ।

गैर आवासीय नेपाली अभियानको विस्तारसँगै संख्यात्मक र गुणात्मकताका साथै नेपालसँग जोडिनेहरु पनि बढदै गएको यर्थाथता पोख्दै पूर्वअध्यक्ष लामिछानेले साना–ठुला आर्थिक तथा बौद्धिक क्षेत्रमा गरेर गैरआवासीय नेपालीहरुको लगानी नेपालभर फैलिइसकेको बताउनु भयो ।

परिवारदेखि समूदायसम्म, परोपकारदेखि नाफामूलक परियोजनासम्म क्ष्मता अनुसारको व्यक्तिगत तथा सामूहिक लगानीले गैरआवासीय नेपालीको उपस्थिती अब नेपालको हरेक क्षेत्रमा फैलिसकेको पूर्वअध्यक्ष लामिछानेले बताउनु भयो ।

यस्तै संघका संस्थापक तथा अगुवा रामप्रताप थापाले विदेशमा रहेका नेपालीहरुलाई नेपाल आउदा भिसाको समस्या भएको हुदा भिसा नचाहिने व्यवस्था गर्न सरकारलाई आग्रह गर्नु भयो ।

उहाँले संघको पछिल्लो घटनाक्रमले संसारभर रहेका नेपालीहरुलाई खल्लो महसुस गराएको भन्दै आगामी दिनमा यस्तो महसुस हुन नदिने गरी संस्था अघि बढाउनुपर्नेमा जोड पनि दिनु भयो ।

पूर्वअध्यक्ष भवन भट्टले एनआरएनए संसारभर रहेका नेपालीको साझा संस्थाका साथै सबैलाई एकैठाँउमा जुटन, भेला हुन र नयाँ काम गर्न प्रेरित गर्ने प्लेटफर्म भएको बताउनु भयो । नेपालले माया गरेको र आर्दश मानेको संस्था भएकोले आगामी दिनमा यसलाई यही पहिचानका साथ अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनु भयो ।

सोही अवसरमा संघका पूर्वअध्यक्ष भट्टले १ करोड रुपैया राशीको ‘भवन कृतिरत्न पुरस्कार’ घोषणा गर्नु भयो । यस वर्ष उक्त पुरस्कार महाविर पुन तथा राष्ट्रिय आविश्कार केन्द्रलाई दिने भट्टले घोषणा गर्नु भएको हो ।

एनआरएनए र विवि फाउण्डेशनले सयुक्तरुपमा हरेक २ वर्षमा दिने उक्त पुरस्कार नेपाल वा मानव इतिहास परिवर्तनमा योगदान पु¥याउने संस्था तथा व्यक्तिलाई दिइने भट्टले बताउनु भयो ।

संघका पूर्व अध्यक्ष रामप्रसाद थापाले एकताले आत्मबल दिएको बताउँदै सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । एनआरएएनमा जुन दुर्घटना घट्यो, अब नघट्ने गरी बलियो र दिगो बनाउन सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनु भयो ।

सस्थापक सचिब चिरञ्जीवी ढकालले एनआरएनए नेताहरुमा टर्सल बढेकाले विवाद आएको बताउँदै गल्ती आत्मसात गरेर जानुपर्ने सुझाव दिनु भयो । २ बर्षमा नेपाल आउने बाताबरण बनाउन भौतिकरुपमै चुनाव गर्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिनु भयो ।

कार्यक्रम संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम आइतबार साझ प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्दे समापन गरिनेछ ।


प्रकाशित | १२ चैत्र २०७८, शनिबार २३:४०