अष्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफरको औपचारिक उद्घाटन

अष्ट्रेलिया: सिटी एक्सप्रेस मनि ट्रान्सफरले अष्ट्रेलियाबाट पनि आफ्नो सेवाको शुरुवात गरेको छ । शुक्रबार औपचारिक उद्घाटन सम्पन्न भएसँगै सिटी एक्सप्रेस मनि ट्रान्सफरकोे सेवा अष्ट्रेलियाबाट पनि शुरु भएको हो । शुक्रबारदेखि अष्ट्रेलियावाट पनि सिटी एक्सप्रेसमार्फ़त वैधानिक माध्यमवाट नेपालमा पैसा पठाउन सकिने व्यवस्था गरिएको छ। यस अघि यूरोपका विभिन्न मुलुकहरु ९यूके, जर्मनी, नेदरल्याण्ड, पोर्चुगल, बेल्जियम० को भ्रमण पनि सिटी एक्सप्रेसका डाईरेक्टर महेश श्रेष्ठले गर्नुभएको थियो ।

 सिटी एक्सप्रेसका डाईरेक्टर महेश श्रेष्ठलगाएत एनआरएनए हरुको सहभागितामा सिटी एक्सप्रेसको अस्ट्रेलियाको उदघाटन गरिएको थियो ।
सिटी एक्सप्रेस अस्ट्रेलियाको जिम्मा एनआरएनए एनसीसी अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा एनआरएनए ओसियानाका पूर्व संयोजक गोवा कटुवाल र समिप कटुवालले लिनुभएको छ ।

सिटी एक्सप्रेसले अस्ट्रेलियामा आफ्नो शाखा खोलेसंगई अस्ट्रेलियाबाट नेपालमा बैधानिक माध्यमबाट रेमिटेन्स भित्रने आशा बढेको छ । कार्यक्रममा अष्ट्रेलियाका लागि लागि नेपाली महावाणिज्यदूत दिपक खडका, एनआरएन उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, एनआरएन युरोप संयोजक शिवकुमार बरुवाललगायतको सहभागिता रहेको थियो ।


प्रकाशित | २८ बैशाख २०७६, शनिबार १३:४९