भारतीय लोकसभा चुनावको अन्तिम नतिजा सार्वजनीक: कसको कती मत ?

नयाँ दिल्ली : भारतमा भएको लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी (बीजेपी) ले ३०३ सिटमा जित्न सफल भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ५४३ मध्ये ५४२ सिटमा चुनाव भएको थियो । शुक्रबार दिउँसोसम्म सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । बीजेपी एक्लैले ३०३ सिटमा जित हात पारेको छ । बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ले ३५० सिटमा जित हात पारेको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको भारतीय कांग्रेसले ५२ ठाउँमा जित हात पार्दा  उसले नेतृत्व गरेको संयुक्त प्रगतिशील गठबन्धनले ८५ सिटमा जित हात पारेको छ ।  एप्रिल ११ देखि मे १९ सम्म भारतीय मतदाताहरूले संसद्को तल्लो सदन लोकसभाका ५४२ सदस्य चयन गर्नका लागि मतदान गरेका थिए। देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान भएको थियो। बिहीवार बिहानदेखि मतगणना सुरु भएको थियो।


प्रकाशित | १० जेष्ठ २०७६, शुक्रबार १८:१३