अब दक्षिण कोरिया प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु नपर्ने

काठमाण्डौ – अब दक्षिण कोरिया प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ । सरकारले विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई क्वारेन्टाइनमा बस्न नपर्ने व्यवस्था गरेको हो । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो ।  मार्च २१ देखि पाकिस्तान, उज्वेकिस्तान, युक्रेन र म्यानमार बाहेकका देशबाट जाने पूर्ण खोप लगाएका यात्रुले […]

गैर आवासीय नेपाली संघको निर्वाचन तीन दिन पछि सर्यो

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन तीन दिन पछि सरेको छ । यसअघि यही २१-२२ मार्चमा तय गरिएको निर्वाचन तीन दिन  सार्दै २४ -२५ मार्चमा हुने भएको हो । एनआरएनएको ६० पदमा निर्वाचन हुन गइरहेको छ । अनलाईनको माध्यमबाट सोमबारदेखि उम्मेदवारी दर्ता शुरु गरेको निर्वाचन समितिले शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको […]

एनआरएनए निर्वाचन : कुन पदमा कसको पर्‍यो उम्मेदवारी ?

काठमाडौं –  गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा ५० जना भन्दा बढीको उम्मेदवारी परेको छ । यही २१-२२ मार्चमा ६० पदका लागि हुन गइरहेको निर्वाचनमा ५० जना भन्दा बढीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अनलाईनको माध्यमबाट सोमबारदेखि उम्मेदवारी दर्ता शुरु गरेको समितिले यसअघि उम्मेदवारी दर्ता मंगलबार ८ मार्च साँझ ५ बजेसम्म तोकिएकोमा […]

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

काठमाडौं– मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । फागुन २६ गते अर्थात बिहीबार बसेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको हो । सरकारका प्रवक्ता,सूचना तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै बैठकका १९ वटा निर्णयहरु सार्वजनिक गर्नु भएको हो । बैठकले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गर्न र्‍यापिड एक्शन टास्क […]

घले पक्षद्धारा लामाको नेतृत्वमा महाधिवेशन आयोजक कमिटि गठन, निर्वाचन यही २२-२५ मार्चमा गर्ने घोषणा

काठमाडौं – गैर आवासीय नेपाली संघमा संस्थापन पक्षले प्रतिनिधि विवाद समाधान नगरि एक्लौटी ढंगले निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै डा. शेष घले पक्षधरले पनि छुट्टै निर्वाचन गर्ने तयारी गरेको छ । घले पक्षधरले दशौं महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११ ) सम्म काठमाडौंमा आयोजना गरि तयारी गरेको हो । सस्थापन पक्षले […]

कतारको अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपाली चिया, कफि र अलैंची लगायतका स्टल राखियो

दोहा – कतारमा आयोजित अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा विभिन्न उत्पादनका नेपाली स्टलहरु राखिएको छ । कतारको वातावरण तथा नगरपालिका मन्त्रालयले आयोजना गरेको प्रदर्शनीमा नेपालले पहिलो पटक सहभागिता जनाउँदै विभिन्न उत्पादनका नेपाली स्टलहरु राखिएको हो । बिश्वका ५० भन्दा बढि मुलुकले सहभागिता जनाएको प्रदर्शनीमा नेपाल चिया तथा कफि बिकास वोर्डबाट बिभिन्न ब्राण्डका चिया तथा कफि, नेपाल अलैची […]

भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम लागू, वार्षिक आय पाँच लाख हुनैपर्ने

काठमाडौं – सरकारले भिजिट भिषामा विदेश जानेहरुका लागि वार्षिक आय पाँच लाख हुनुपर्ने नियम लागू गरेको छ । गृह मन्त्रालयले कार्यविधि तयार नहुञ्जेलसम्मका लागि भिजिट भिसा सम्बन्धी अस्थायी प्रावधान लागु गर्दै वार्षिक आय पाँच लाख अनीवार्य गरेको हो । गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलको नेतृत्वमा गठित कार्यदलले गरेको सिफारिस अनुसार अध्यागमन विभागले सचिवस्तरीय निर्णयबाट कार्यविधि […]