अब दक्षिण कोरिया प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु नपर्ने

काठमाण्डौ – अब दक्षिण कोरिया प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ । सरकारले विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई क्वारेन्टाइनमा बस्न नपर्ने व्यवस्था गरेको हो ।

यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो ।  मार्च २१ देखि पाकिस्तान, उज्वेकिस्तान, युक्रेन र म्यानमार बाहेकका देशबाट जाने पूर्ण खोप लगाएका यात्रुले क्वारेन्टाइनमा बस्नु नपर्ने भएको हो ।

यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्य रुपमा सात दिन क्वरेण्टिनमा बस्नुपर्ने व्यवस्था थियो ।


प्रकाशित | २८ फाल्गुन २०७८, शनिबार १६:५८