गैर आवासीय नेपाली संघको निर्वाचन तीन दिन पछि सर्यो

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन तीन दिन पछि सरेको छ । यसअघि यही २१-२२ मार्चमा तय गरिएको निर्वाचन तीन दिन  सार्दै २४ -२५ मार्चमा हुने भएको हो ।

एनआरएनएको ६० पदमा निर्वाचन हुन गइरहेको छ । अनलाईनको माध्यमबाट सोमबारदेखि उम्मेदवारी दर्ता शुरु गरेको निर्वाचन समितिले शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो ।

समितिले विभिन्न पदमा उम्मेदवारी दर्ता भएका उम्मेदवारहरुको नामावली समेत प्रकाशन गरेको छ। प्रकाशन गरिएका धेरै पदमा निर्विरोध समेत भएको छ ।

हेर्नुहोस उम्मेदवारको नामावली

 

 


प्रकाशित | २८ फाल्गुन २०७८, शनिबार १२:१८