कतारको अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपाली चिया, कफि र अलैंची लगायतका स्टल राखियो

दोहा – कतारमा आयोजित अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा विभिन्न उत्पादनका नेपाली स्टलहरु राखिएको छ । कतारको वातावरण तथा नगरपालिका मन्त्रालयले आयोजना गरेको प्रदर्शनीमा नेपालले पहिलो पटक सहभागिता जनाउँदै विभिन्न उत्पादनका नेपाली स्टलहरु राखिएको हो ।

बिश्वका ५० भन्दा बढि मुलुकले सहभागिता जनाएको प्रदर्शनीमा नेपाल चिया तथा कफि बिकास वोर्डबाट बिभिन्न ब्राण्डका चिया तथा कफि, नेपाल अलैची व्यवसायी महासंघबाट प्राप्त अलैंची, सेन्चुरी मसलाका विभिन्न उत्पादनहरू, रसुवा नेचुरल मिनरल वाटर तथा नेचर हर्बसका उत्पादनहरू नेपाली स्टलमा राखिएको छ ।

This image has an empty alt attribute; its file name is doha-stale-1024x768.jpg

आज कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीको समुपस्थितिमा कतारका नगरपालिका मन्त्रीले एक औपचारिक समारोहबीच उद्घाटन गर्नुभएको उक्त प्रदर्शनी १४ मार्चसम्म संचालन हुनेछ ।


प्रकाशित | २६ फाल्गुन २०७८, बिहीबार २२:१२