स्मार्ट फोन र सामाजिक सञ्जालबाट टाढा बस्नुस्, तपाईलाई खुशी मिल्छ

काठमाडौं : संसारभर बुधबार विश्व खुशी दिवस मनाइएको छ । मानिसहरुले कसरी खुशी हुने विषयमा विभिन्न अध्ययन गरेका छन् । तर उनीहरुले खुशी भने पाउन सकेका छैनन । खुशाी हुनका लागि के कस्ता उपाय अवलम्बन गर्नु पर्ला ? त्यसका बारेमा समेत अनेनक खोज तथा अनुसन्धान भएको छ । तर खुशी भने भेटन सकिएको छैन ।

पछिल्ला दिनमा सामाजिक सञ्जालले पनि मानिसको खुशी खोसिरहेको छ । एक अध्ययनअनुसार खुशी हुनका लागि केही क्षण आफ्नो स्मार्ट फोन तथा सामाजिक सञ्जालबाट टाढा बस्न सुझाव दिइएको छ । सामाजिक सञ्जाल र फोनका कारण पनि मानिसका खुशी लुटरहेको छ । कम सामाजिक सञ्जाल र धेरै वास्तविक सम्बन्ध राखेको खण्डमा खुशी मिल्नसक्छ ।

फोनलाई परै राखेर आफू सक्रिय बन्दा पनि खुसी प्राप्त गर्न सकिन्छ । सामाजिक सञ्जालले खुसीबारे हामीलाई गलत बोध गराइरहेको हुनसक्ने अध्ययनबाट पत्ता लागेको छ । त्यस्ता वस्तुमाथि तपाईले जब नियन्त्रण गर्न थाल्नु हुन्छ, तब तपाई आफ्नो खुशीको नजिक पुग्न सक्नु हुन्छ । एउटा पछिल्लो अध्ययनले के देखाएको छ भने इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल धेरै प्रयोग गर्नेहरू तीनको प्रयोग नगर्नेभन्दा कम खुशी छन् ।

तपाईँ अब साँच्चिकै जीवनमा खुसी हुन चाहनुहुन्छ भने धेरै कृतज्ञ हुनुहोस्, आनन्दले सुत्नुहोस्, मनबाट अनावश्यक कुरा हटाउनुहोस्, मन पर्ने मानिससँग समय बिताउनुहोस् र सामाजिक सञ्जाललाई केही समय छुट्टी दिनुहोस् । तब मात्र तपाईंले वास्तविक अर्थमा खुसी प्राप्त गर्न सक्नुहुन्छ । (क्लीकमान्डुको सहयोगमा )


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार १७:१८