हुम्लामा अज्ञात रोगका कारण ज्यान गुमाउनेको संख्या नौ पुग्यो, दर्जनौ घाइते

हुम्ला: हुम्लामा अज्ञात रोगका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । हुम्लाको ताजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो । गएको दुई हप्तादेखि स्थानीयमा छाति दुख्ने, ज्वरो आउने र त्यसको केही दिनमा ज्यान जाने गरेको हो । उहाँका अनुसार ज्यान जानेमा बालबालिका र वृद्धवृद्धा रहेका पाइएको छ । ताजाकोटको वडा नम्बर १, २ र ८ नम्बर वडामा यस्तो समस्या देखिएको उहाँको भनाइ छ ।

मृत्यु हुनेमा वडा नम्बर १ का ७० वर्षीया कुशुमा रिठाल, ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली, पाँच वर्षीया सुनकेसा सुनार, वडा नम्बर ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सन्जिव थापा रहेको जनाइएको छ । हुम्लाको सदरमुकामबाट ३ दिन लाग्ने, सुर्खेतबाट एक दिनमै पुग्न सकिने भएकाले सुर्खेतबाट स्वास्थ्य टोली त्यसतर्फ गैसकेको पजिअ ढकालले जानकारी दिनुभयो ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार १९:५४