जनतालाई तर्साएर भ्रम सृजना गर्ने कार्य बन्द गर्नुस : प्रधानमन्त्री

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई तर्साएर भ्रम सृजना  गर्ने कार्य बन्द गरि मुलुकको सम्मृद्धिमा जुट्न सबैमा आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जनतालाई भ्रम सृजना गर्ने कार्य बन्द गरेर मुलुकको आर्थिक सम्मृद्धिमा जुट्न सबैमा आग्रह गर्नुभएको हो । काठमाण्डौमा सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले नागरिकलाई रैती बनाउन […]

ढल्नै लाग्यो साततले दरबार

नुवाकोट : साततले को पाँचौ तल्लाको पश्चिमपट्टिको छाना र गाह्रो झरेको छ । आउने मनसुनमा दरबारको संरक्षणको लागि पुननिर्माण नथालिए ढल्ने स्थानीयले दाबी गरेका छन् । उनीहरुले पुरातात्त्विक सम्पदा साततले दरबारलगायत वरिपरिका संरचना छिटो पुननिर्माण गर्न माग गरेका छन् । भूकम्पले क्षति पुर्याएको उक्त दरबार वर्षाले र हुरीले छानाबाट झिँगटी र काठपात झर्ने गरेका छन् […]

एसईई परीक्षाको प्रश्नपत्र आउट हुनुमा प्रहरीकै संलग्नता

काठमाडौँ : माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । घटना छानबीन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले सिराहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ […]

अख्तियारले थाल्यो ३० ठूला अनियमीतताको छानवीन

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल ३० वटाभन्दा बढी विषयमा छानबिन गरिरहेको जनाएको छ। आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भ्रष्टाचारका विषयमा ठूला धनराशिका ३० भन्दा बढी विषयमा सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिनुभयो । प्रमुख आयुक्त घिमिरेले वाइड वडी खरिदमा भएको भ्रष्टाचारका विषयमा २१ जनाको वयान सकिएको बताउनुभयो । सञ्चालक […]

‘गरिव, अविकसित देशमा छौँ भनेर हिनग्रन्थी पाल्नु पर्दैनँ, अब त्यस्तो अवस्था रहँदैन’

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले गरिव, अविकसित देशमा छौ भनेर हिनग्रन्थी पाल्न नहुनेमा जोड दिनुभएको छ । विगतका शासकको कमजोरीले मुलुक पछाडि परे पनि हिनग्रन्थी पाल्न नहुनेमा जोड दिनुभएको हो । ‘केही समयसम्म शासकको कमजोरीले अलि पछि परिएको हो। तर, अब त्यस्तो अवस्था रहँदैन’, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ४२ औँ प्राज्ञ सभालाई सम्बोधन […]

हावाहुरी प्रभावीत क्षेत्रमा प्रचण्ड : गरे मृतकका परिवारलाई पाँच लाख दिने घोषणा

काठमाडौं : नेपाल कम्युनिष्ठ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड ) हावाहुरी प्रभावीत क्षेत्रमा पुग्नु भएको छ । प्रचण्डले बारा र पर्साका हावाहुरी आँधी प्रभावीत क्षेत्रमा पुगेर मृतकका परिवारलाई पाँच लाख दिने घोषणा गर्नुभएको छ । उहाँले मृतकका परिवारलाई पार्टीको तर्फबाट राहत उपलब्ध गराउने घोषणा गर्नुभएको होे । घाइतेहरुलाई भेटेर फर्केपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राहत […]

पाँच रिक्त न्यायाधीश पद पूर्तिका लागि पाँच जनाको नाम सिफारिस

काठमाडौं : सर्वोच्च अदालतका पाँच रिक्त न्यायाधीशको पद पूर्तिका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ । न्याय परिषदको मंगलबारको बैठकले पाँच जनाको नाम सिफारिस गरिएको हो ।  सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीशबाट दुई र कानुन व्यवसायीबाट तीन जनालाई सिफारिस गरिएको हो । उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र सुर्खेत उच्च […]