एसईई परीक्षाको प्रश्नपत्र आउट हुनुमा प्रहरीकै संलग्नता

काठमाडौँ : माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । घटना छानबीन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले सिराहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ । यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य राखेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा र सुदीप कैनीले लेख्नुभएको छ ।


प्रकाशित | २० चैत्र २०७५, बुधबार ०९:२१