अख्तियारले थाल्यो ३० ठूला अनियमीतताको छानवीन

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल ३० वटाभन्दा बढी विषयमा छानबिन गरिरहेको जनाएको छ। आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भ्रष्टाचारका विषयमा ठूला धनराशिका ३० भन्दा बढी विषयमा सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रमुख आयुक्त घिमिरेले वाइड वडी खरिदमा भएको भ्रष्टाचारका विषयमा २१ जनाको वयान सकिएको बताउनुभयो । सञ्चालक समिति र पदाधिकारीसँग वयान लिने क्रम जारी रहेको, एसइईको प्रश्नपत्र बाहिरिएको विषयमा अख्तियार पनि प्रवेश गर्ने बताउनुभयो । आजको नागरिक दैनिकमा खवर छ ।

त्यस्तै, साझा प्रकाशनका पूर्वअध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माको अनुसन्धान प्रारम्भिक तहबाट विस्तृत अध्ययनमा पुगेको छ । साझा प्रकाशनको कोष हिनामिना, अनावश्यक नियुक्ति, साझाको लोगो दुरुपयोगलगायतका आरोपमा उनीविरुद्ध अख्तियारमा समेत मुद्दा परेको थियो।


प्रकाशित | २० चैत्र २०७५, बुधबार ०९:१३