जनतालाई तर्साएर भ्रम सृजना गर्ने कार्य बन्द गर्नुस : प्रधानमन्त्री

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई तर्साएर भ्रम सृजना  गर्ने कार्य बन्द गरि मुलुकको सम्मृद्धिमा जुट्न सबैमा आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जनतालाई भ्रम सृजना गर्ने कार्य बन्द गरेर मुलुकको आर्थिक सम्मृद्धिमा जुट्न सबैमा आग्रह गर्नुभएको हो ।

काठमाण्डौमा सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले नागरिकलाई रैती बनाउन खोज्छु भन्ने सपना देखेको भए त्यो दुःस्वपन मात्रै भएको बताउनुभयो । यतिखेरको समय अनावश्यक हल्ला, प्रचार र गफ गर्ने बेला नभएको बताउँदै अनावश्यक हल्लाको पछि नलाग्न र भ्रमको खेती बन्द गर्नुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले आफूहरु समाज परिवर्तनका लागि अगाडि बढेकाले केहि वर्षभित्रै धेरै काम देखिने बताउनुभयो । हामीले एक वर्ष भित्र धेरै काम गरे पनि विकास जादुको छडी नभई समय लाग्ने बताउनुभयो । पन्ध्रौँ पञ्चवर्षीय योजना महत्वाकांक्षी हुनुपर्नेमा जोड दिर्दै ओलीले अबको युग सुखी नेपाली, सम्मृद्ध नेपालको भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुरा गरेर हुँदैन काम गर्नुपर्छ भनेहरूलाई भन्न चाहन्छु, तुइन फालिएका छन् आरामले मान्छे झोलुङ्गे पुलबाट नदी गरेका छन । केहीलाई भ्रम छ, यान्त्रिकीकरणले रोजगारी खोस्छ। यान्त्रिकरणले रोजगारीका अबसर बढाउँछ खोस्ने होइन’


प्रकाशित | २० चैत्र २०७५, बुधबार १३:४६