‘गरिव, अविकसित देशमा छौँ भनेर हिनग्रन्थी पाल्नु पर्दैनँ, अब त्यस्तो अवस्था रहँदैन’

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले गरिव, अविकसित देशमा छौ भनेर हिनग्रन्थी पाल्न नहुनेमा जोड दिनुभएको छ । विगतका शासकको कमजोरीले मुलुक पछाडि परे पनि हिनग्रन्थी पाल्न नहुनेमा जोड दिनुभएको हो । ‘केही समयसम्म शासकको कमजोरीले अलि पछि परिएको हो। तर, अब त्यस्तो अवस्था रहँदैन’, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ४२ औँ प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री भन्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई नयाँ नयाँ अनुसन्धानमा लाग्न सुझाव दिर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई गन्तव्यमा राखेर अनुसन्धानका कामहरू अघि बढाउनु आग्रह गर्नुभयो । ‘तपाईंहरूका अनुसन्धानबाट देशले लाभ लिन सक्नुपर्दछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

त्यस्तै, ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सहकारीले सम्मृद्ध नेपाल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । सहकारीले ठूला फाँटमा धेरै उत्पादन गरेर किसानलाई पनि समृद्ध बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।


प्रकाशित | १९ चैत्र २०७५, मंगलवार १९:५७