काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक मिती तय : बैठक शनिबार बस्ने

काठमाडौँ – नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने तय भएको छ । बैठक यही चैत २३ गते शनिबार बस्ने तय भएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी कार्यालय सानेपामा बोलाइएको काङ्ग्रेसको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र भ्रातृ संस्थाको अधिवेशनका विषयमा छलफल गरिनेछ ।

सूर्यविनायक नगरपालिकामा ‘बहाल कर स्वयं’ घोषणा अभियान

भक्तपुर – सूर्यविनायक नगरपालिकाले ‘बहाल कर स्वयं’ घोषणा अभियान थालेको छ । नगरपालिकाले बहाल कर कार्यान्वयनमा ल्याउन पहिलो चरणमा स्वयं घोषणाको अभियान शूरु गरिएको नगरपालिकाका मेयर बासुदेव थापाले जानकारी दिनुभयो । यो अभियानमा हालसम्म ५०० नागरिकले स्वयं कर घोषणा गरेका र आगामी तीन महीनामा कम्तीमा पाँच हजार पु¥याउने लक्ष्य राखिएको छ । नगरपालिका –४ वडा […]

पोखरेलीको पाहुनालाई निम्तो :  ‘जाउँ है पोखरा’

काठमाडौँ –आन्तरिक पर्यटन प्रवद्र्धनका माध्यमबाट दिगो पर्यटन विकास गर्ने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायीले ‘जाउँ है पोखरा अभियान–२०७५’ सञ्चालन गरेका छन् । पर्यटकीय नगरी पोखरामा धेरै भन्दा धेरै सङ्ख्यामा पर्यटक आकर्षण गर्ने लक्ष्यका साथ व्यवसायी यतिखेर विभिन्न ठाउँमा पोखरा भ्रमणको निम्तो बाड्दै यात्रामा जुटेका हुन् । झण्डै १७ वर्षदेखि उक्त अभियान चलाउँदै आएका व्यवसायीले यो […]

लगानी सम्मेलनमा लगानीकर्ताको एकै स्वर : नेपाल लगानीको लागि उपयुक्त गन्तव्य

काठमाडौँ –  राजधानीमा लगानी सम्मेलन जारी छ । लगानी सम्मेलनमा सहभागि लगानीकर्ताले नेपाल लगानीको लागि उपयुक्त गन्तब्य मुलुक भएको भन्दै सबैमा लगानीका लागि अपिल गरेका छन् । अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा आज आयोजित नेपालमा लगानीः अनुभव आदानप्रदान सत्रमा सहभागी उद्योगी, व्यवसायी तथा लगानीकर्ताले नेपाल लगानीका लागि उपयुक्त मुलुक भएको भन्दै लगानी गर्न सबैमा अपिल गरेका […]

वैशाखदेखि नयाँ सडकमा ‘स्मार्ट पार्किङ’

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि नयाँ सडक आसपासका पाँच स्थानमा ‘स्मार्ट पार्किङ’ शुरु गर्ने भएको छ । महानगरले ब्हिल्स ट्रलीयोर्स प्रालिसँगको सहकार्यमा यो सेवा शुरु गर्न लागेको हो । सवारीको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सो क्षेत्रमा समस्या भएपछि यस किसिमको व्यवस्था गर्न लागिएको हो । वैशाखदेखि नयाँ सडकको रामेश्वर मिठाई पछाडिको भाग, विशाल […]

विमानस्थलकै कर्मचारी मानवतस्करीमा संलग्न

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ । विमानस्थल अध्यागमनका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ । फागुन १६ गते दुबई हुँदै मरिसस गएका रुकुम चौरजहारीका अविनाश नेपाली, हिमबहादुर बुढा, ओपेन्द्र बुढामगर, वीरेन्द्र बुढामगर र […]

एसईई परीक्षाः शिक्षक नै खोस्छन् प्याड

अछाम – पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा मेनुका ढुंगानाले लेखेका छन् । बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारी पर्ने हो कि भन्ने डरले उनलाई […]