पाँच रिक्त न्यायाधीश पद पूर्तिका लागि पाँच जनाको नाम सिफारिस

काठमाडौं : सर्वोच्च अदालतका पाँच रिक्त न्यायाधीशको पद पूर्तिका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ । न्याय परिषदको मंगलबारको बैठकले पाँच जनाको नाम सिफारिस गरिएको हो ।  सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीशबाट दुई र कानुन व्यवसायीबाट तीन जनालाई सिफारिस गरिएको हो । उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश शुष्मालता माथेमालाई सिफारिस गरिएको छ। कानुन व्यवसायीहरूबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी, हरि फुयाँल र डा. मनोजकुमार शर्माको नाम सिफारिस गरिएको हो ।


प्रकाशित | १९ चैत्र २०७५, मंगलवार १४:१०