कोरोना देखाएर महाधिवेशन रोक्ने प्रयास भइरहेको भन्दै नेता कोइरालाले जनाए आपत्ति

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना भाइरसको कारण देखाएर पार्टीको चौधौं महाधिवेशन रोक्न खोजियो भने नेपालको लोकतन्त्रका लागि ठूलो दुर्भाग्य हुने बताउनुभएको छ । कोइरालाले भन्नुभयो, “कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्ने हो भने तोकिएको समयमा अधिवेशन गर्न जरुरी छ ।” कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुनमा गर्ने कार्यसूची छ […]

गण्डकी प्रदेशका ८ जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ८ जिल्लामा थप संक्रमण देखिएको हो। निर्देशनालयका अनुसार लमजुङमा ५ जना, पर्वतमा १, स्याङजामा ७, कास्कीमा ५, गोरखामा १, बाग्लुङमा ९, तनहुँमा १, नवलपरासी पूर्वमा ३ जनामा संक्रमण देखिएको हो। सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको […]

एसईईको मूल्याङ्कन कार्यविधि तयार, त्रैमासिक र अन्तिम परीक्षाका आधारमा अंक निर्धारण

शेषकान्त पण्डित /काठमाडौँ सरकारले माध्यमिक शिक्षा परीक्षा एसईईका विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्ने आधारको टुंगो लगाएको छ । कक्षा १० को एसईईको विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारी गरिएसँगै विद्यार्थीको मूल्याङ्गन गर्ने आधार निधो भएको हो । योसँगै अव विद्यालयले आफूले सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा १० प्रतिशत, दोस्रो त्रैमासिक […]

नेपालमा रसुवाबाहेक सबै जिल्लामा भेटिए कोरोना संक्रमित, मंगलबार कुन जिल्लामा कति ?

काठमाडौं : नेपालमा रसुवा जिल्लाबाहेक सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा ७७ जिल्ला छन् । त्यसमध्ये ७६ जिल्लामा कोरोना संक्रमित भेटिएका हुन । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९० पुगेको छ। मंगलबार ५ सय ३८ संक्रमित भेटिएसँगै नेपालमा संक्रमितको संख्या १० हजार नाघेको हो। गत २४ घण्टामा भेटिएका ५ सय ३८ […]

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, मंगलबार ५३८ जना थपिए

काठमाडौं : नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका ५३८ सँगै नेपालमा कोरोना संक्रमतिको संख्या १० हजार ९९ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज ९० महिला र ४४८ पुरुष गरी जम्मा ५३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ७६ […]

देशभर मनसुन सक्रिय, नदीको बहाव बढ्दै, सावधानी अपनाउन अपिल

काठमाडौँ : मनसुन देशभर सक्रिय भएसँगै नेपालका प्रमुख ठूला तथा मझौला नदीमा बहाव बढिरहेको भन्दै सावधानीको लागि सबैमा अपिल गरिएको छ । विज्ञहरुले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै विभिन्न भेगमा भारी वर्षाको सम्भावना रहेको र नदीको बहाव बढने भन्दै सावधानी अपनाउन आग्रह गरेका हुन । नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो […]

पाल्पा पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको सनाखत

पाल्पा : जिल्लाको तानसेनको सम्मोबारीमा पहिराले गाडी बगाउँदा मृत्यु हुनेको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठले मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका–२९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको बताउनुभयो । घटनास्थलमा प्राप्त काजगपत्रका आधारमा […]