गण्डकी प्रदेशका ८ जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ८ जिल्लामा थप संक्रमण देखिएको हो।

निर्देशनालयका अनुसार लमजुङमा ५ जना, पर्वतमा १, स्याङजामा ७, कास्कीमा ५, गोरखामा १, बाग्लुङमा ९, तनहुँमा १, नवलपरासी पूर्वमा ३ जनामा संक्रमण देखिएको हो।

सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ। नेपालमा कूल संक्रमितको संख्या १० हजार १ सय ३१ पुगेको छ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश को फोटो।

प्रकाशित | १० असार २०७७, बुधबार ०८:४८