कोरोना देखाएर महाधिवेशन रोक्ने प्रयास भइरहेको भन्दै नेता कोइरालाले जनाए आपत्ति

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना भाइरसको कारण देखाएर पार्टीको चौधौं महाधिवेशन रोक्न खोजियो भने नेपालको लोकतन्त्रका लागि ठूलो दुर्भाग्य हुने बताउनुभएको छ ।

कोइरालाले भन्नुभयो, “कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्ने हो भने तोकिएको समयमा अधिवेशन गर्न जरुरी छ ।” कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुनमा गर्ने कार्यसूची छ । उहाँले भन्नुभयो, “कांग्रेस लोकतान्त्रिक पार्टी हो भने लोकतान्त्रिक पद्धतिअनुसार हिँड्नुप(यो र महाधिवेशन गराउनुप(यो । समयमा महाधिवेशन गर्न नसक्ने पार्टीले लोकतान्त्रिक पद्धतिमा हिँड्दैछु भनेर अरुलाई सिकाउन मिल्दैन ।”

उहाँले अधिवेशन भएन भने जतिसुकै ठूलो कुरा गरे पनि संगठन मजबुत नहुने भन्दै अधिवेशन गर्नका लागि के के गर्नुपर्छ त्यसमा गम्भीर छलफल चलाउन आग्रह गर्नुभयो । नेता कोइरालाले तेह्रौं महाधिवेशन क्रियाशील सदस्यताका आधारमा पनि फागुनभित्रै अधिवेशन गर्न सकिने विकल्पमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “भीडभाड गरेर अधिवेशन गर्नु पर्छ भन्ने पनि छैन । जिल्लाजिल्लामा बाकस राखेर पनि अधिवेशन गर्न सकिन्छ ।” उहाँले २०१४ सालसम्म जिल्लाजिल्लामा बाकस राखेर अधिवेशन गराएको पनि स्मरण गर्नुभयो ।

उहाँले कोरोना भाइरसको डर पाखुरामा भ्याक्सिन नलागेसम्म रहिरहने भएकाले त्यसकै कारण पार्टीको जीवन रहेको महाधिवेशन रोक्न नहुने बताउनुभयो । कोइरालाले कांग्रेसको अधिवेशन भएन भने नेकपा वा जनता समाजवादी कसैको पनि अधिवेशन हुन नसक्ने बताउनुभयो ।


प्रकाशित | १० असार २०७७, बुधबार ११:५७