नेपालमा रसुवाबाहेक सबै जिल्लामा भेटिए कोरोना संक्रमित, मंगलबार कुन जिल्लामा कति ?

काठमाडौं : नेपालमा रसुवा जिल्लाबाहेक सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा ७७ जिल्ला छन् । त्यसमध्ये ७६ जिल्लामा कोरोना संक्रमित भेटिएका हुन । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९० पुगेको छ। मंगलबार ५ सय ३८ संक्रमित भेटिएसँगै नेपालमा संक्रमितको संख्या १० हजार नाघेको हो।

गत २४ घण्टामा भेटिएका ५ सय ३८ मध्ये ९० महिला र ४ सय ४८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ स्थानमा गरिएको प्रयोगशालामा गत २४ घण्टामा ५ सय ३८ संक्रमित भेटिएका हुन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १, सुनसरीका ३ र सप्तरीका २ जना संक्रमित भेटिएको छ। कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका १, तेह्रथुमका २ र झापा ९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका १२ र सप्तरीका ३ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

Ministry of Health and Population-Nepal को फोटो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका २, अर्घाखाँचीका २, बागलुङका ६, बझाङका १९, बाजुराका २०, डडेल्धुराका १, धादिङका १८, गोरखाका १३, गुल्मीका ३, कैलालीका १६, कञ्चनपुरका ९, कास्कीका ७, नवलपरासी पूर्वका २१, पर्वतका २१, प्यूठानका ५, रौतहटका १३, रुपन्देहीका १, सर्लाहीका २, सिरहाका ७, स्याङजाका ९ र तनहुँका १ जनामा कोरोना पाइएको छ।

यस्तै, किट रोग अनुसन्धान तालिम केन्द्र हेटौडा प्रयोगशालामा धनुषाका ३९, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गोरखाका १६, स्याङजाका ६, बागलुङका ८, कास्कीका १, लमजुङका ५, नवलपरासी पूर्वका १, तनहुँका ७, स्याङजाका ७ र पर्वतमा १ जना कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Ministry of Health and Population-Nepal को फोटो।

प्रादेशिक स्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका २, पाल्पाका ४८, रुपन्देहीका २ र प्यूठानका ४५ जना, कर्णाली स्वास्थ्य विज्ञान जुम्ला प्रयोगशालामा कालीकोटका १ र दैलेखका २० जना कोरोना भेटिएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा अछामका ५, बझाङका ३ र डडेल्धुराका ३, कैलालीका २२ र कञ्चनपुरका ८ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका १७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा दाङका १९, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा सल्यानका ४, सुर्खेतका २३, दैलेखका ३ र हुम्लाका १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Ministry of Health and Population-Nepal को फोटो।

प्रकाशित | ९ असार २०७७, मंगलवार २०:०४