नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, मंगलबार ५३८ जना थपिए

काठमाडौं : नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका ५३८ सँगै नेपालमा कोरोना संक्रमतिको संख्या १० हजार ९९ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज ९० महिला र ४४८ पुरुष गरी जम्मा ५३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २२२४ पुगेको छ। कुल संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ।


प्रकाशित | ९ असार २०७७, मंगलवार १७:१७