भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सिमलटार सामुदायिक भवनको शिलान्यास गर्नु भएको छ । नगर प्रमुख थापाले शुक्रबार एक कार्यक्रमकाबीच सूर्यविनायक नगरपालिका वडा नं १० मा अवस्थित सिमलटार सामुदायिक भवनको शिलान्यास गर्नु भएको हो । सो अवसरमा मेयर थापाले नगरपालिकाले विकास निर्माणको कार्यलाई तीब्रता दिइरहेको बताउनुहुँदै आफनो पहिलो कार्यकालमा अधुरा रहेका योजनाहरु पूरा गर्दै […]
काठमाडौं: नेपाली कांग्रेस दोलखा-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा सरोज शिवाकोटी चयन हुनु भएको छ । कालिन्चोक गाउँपालीका वडा नं ८ सुनखानीका शिवाकोटी समितिको अध्यक्षमा चयन हुनु भएको हो । पार्टी सभापति बर्मा लामाको प्रस्तावमा जिल्ला कार्य समिति दोलखाको बैठकले शिवाकोटीलाई अध्यक्षमा चयन गरेको हो । २०५२ साल देखि निरन्तर विद्यार्थी राजनीतिमा आबद्ध रहँदै आउनु भएको शिवाकोटी […]
भक्तपुर । सूर्यविनायक नगरपालिकाले ७० प्रतिशत अनुदानमा किसानलाई सयपत्री फूलको बेर्ना वितरण गरेको छ । नगर प्रमुख बासुदेव थापाले किसानहरुलाई सयपत्री फूलको बेर्ना वितरण गर्नु भएको हो । मेयर थापाले वडा नं. ७ स्थित रणवम पार्टीको प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच किसानहरुलाई फूलको बेर्ना वितरण गर्नु भएको हो । सो अवसरमा मेयर थापाले नगरपालिकाले ब्यवसाय प्रबद्र्धनका लागि […]
भक्तपुर : गुन्डूमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डू स्वास्थ्य चौकीको आयोजनामा तथा भक्तपुर सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा एक दिने आँखा शिविर सम्पन्न भएको हो । वडा नंं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाका अनुसार शिविरमा २९३ जना सेवाग्राहीहरुले सेवा लिएकामा २० जना मोतिविन्दुका बिरामी र ९५ जना […]
भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नंं १० स्थित नेपाल प्रहरी विद्यालयदेखि भिगाली वन हुँदै बस्नेत टोलसम्मको आसपाल पिच गर्ने कार्य सम्पन्न भएको छ । वडाध्यक्ष शिवराम राउतका अनुसार संघीय सरकार र सूर्यविनायक नगरपालिकाको बजेटमा सो सडकको आसपाल पिज गर्ने कार्य सम्पन्न गरिएको हो । चितपोलका साविकका ७, ८ र ९ वडामा पर्ने सो सडक १२ सय […]
भक्तपुर: मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सव भब्य रुपमा मनाएको छ । विद्यालयको वार्षिकोत्सव नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै हमालले विद्यार्थीहरुलाई गुणस्तर शिक्षा प्रदान गर्दै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउँदै व्यवहारिक शिक्षा दिनुपर्ने चुनौतीका साथ निजी विद्यालय अघि बढेको बताउनुभयो । भक्तपुरको मदरल्याण्ड स्कूलले शैक्षिक क्षेत्रमा गरेको योगदान अतुलनीय […]
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले २८ वर्षमा पनि बागमती नदी सफाईले पूर्णता नपाउनुले यसको औचीत्यता माथि प्रश्न उठेको बताउनु भएको छ । विसं २०५२ मा राजधानीको सभ्यताका रुपमा रहेको बागमतीलाई ढल मुक्त गर्न वाग्मतीको स्थापना भएको अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकास समितिको वार्षिक उत्सव समारोहमा मंगलबार सम्बोधन गर्नुहुँदै मेयर कार्कीले […]