भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नंं १० स्थित नेपाल प्रहरी विद्यालयदेखि भिगाली वन हुँदै बस्नेत टोलसम्मको आसपाल पिच गर्ने कार्य सम्पन्न भएको छ ।

वडाध्यक्ष शिवराम राउतका अनुसार संघीय सरकार र सूर्यविनायक नगरपालिकाको बजेटमा सो सडकको आसपाल पिज गर्ने कार्य सम्पन्न गरिएको हो ।

चितपोलका साविकका ७, ८ र ९ वडामा पर्ने सो सडक १२ सय मिटरको छ । सडकको लागि संघीय सरकार र सूर्यविनायक नगरपालिकाबाट आधा आधा गरि २ करोड बजेट विनियोजन गरिएको थियो ।

शनिबार मात्र सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सो सडकको निरीक्षण गर्नु भएको छ । सो अवसरमा स्थानीयले मेयर थापासहित स्थानीय जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

पहिलो कार्यकालमा नमूना र उदाहरणीय कार्य गर्नु भएको मेयर थापाले दोस्रो कार्यकालमा अधूरा योजना पूरा गर्न सक्रियतापूर्वक लागिपर्दै आउनु भएको छ ।
प्रकाशित | ९ बैशाख २०८०, शनिबार २१:५१