भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सिमलटार सामुदायिक भवनको शिलान्यास गर्नु भएको छ ।

नगर प्रमुख थापाले शुक्रबार एक कार्यक्रमकाबीच सूर्यविनायक नगरपालिका वडा नं १० मा अवस्थित सिमलटार सामुदायिक भवनको शिलान्यास गर्नु भएको हो ।


सो अवसरमा मेयर थापाले नगरपालिकाले विकास निर्माणको कार्यलाई तीब्रता दिइरहेको बताउनुहुँदै आफनो पहिलो कार्यकालमा अधुरा रहेका योजनाहरु पूरा गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा लागिपरेको बताउनुभयो ।


उहाँले नगरबासी सबैको साथ र सहयोगका कारण विकास निर्माण गर्न सफल हुँदै आएको र आगामी दिनमा पनि यस्तै साथ र सहयोग रहने विश्वास ब्यक्त गर्नुभयो ।

वडाध्यक्ष शिवराम राउतले नगरपालिकाको कुल २५ लाख लागतमा सो सामुदायिक भवन निर्माण गरिन लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि तथा स्थानीयको सहभागिता थियो ।



प्रकाशित | ५ जेष्ठ २०८०, शुक्रबार १७:४५