भक्तपुर । सूर्यविनायक नगरपालिकाले ७० प्रतिशत अनुदानमा किसानलाई सयपत्री फूलको बेर्ना वितरण गरेको छ । नगर प्रमुख बासुदेव थापाले किसानहरुलाई सयपत्री फूलको बेर्ना वितरण गर्नु भएको हो ।

मेयर थापाले वडा नं. ७ स्थित रणवम पार्टीको प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच किसानहरुलाई फूलको बेर्ना वितरण गर्नु भएको हो । सो अवसरमा मेयर थापाले नगरपालिकाले ब्यवसाय प्रबद्र्धनका लागि किसानहरुलाई विगतदेखि नै अनुदान दिदै आएको र आगामी दिनमा पनि नियमीत प्रदान गर्ने बताउनुभयो ।

वडा नंं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकाको स्वीकृत योजना पुष्पखेती प्रवर्द्धन अन्तरर्गत ७० प्रतिशत अनुदानमा किसानहरुलाई साना किसान कृषि सहकारी संस्था मार्फत तयार गरिएको सयपत्री फूलको बेर्ना वितरण गरिएको जानकारी दिनुभयो ।



प्रकाशित | २६ बैशाख २०८०, मंगलवार ०६:११