भक्तपुरको गुन्डूमा निशुल्क आँखा शिविर, २९३ जनाले गरे परिक्षण

भक्तपुर : गुन्डूमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डू स्वास्थ्य चौकीको आयोजनामा तथा भक्तपुर सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा एक दिने आँखा शिविर सम्पन्न भएको हो ।

वडा नंं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाका अनुसार शिविरमा २९३ जना सेवाग्राहीहरुले सेवा लिएकामा २० जना मोतिविन्दुका बिरामी र ९५ जना कम र दुर दृष्टि भएकाहरुले चस्मा सहितको सेवा लिएका थिए भने अन्यले ओैषधी उपचार तथा परामर्श सेवा लिएका थिए ।

मोतिविन्दुको बिरामीको लागि यहि बैशाख २० गते सामुदायिक आँखा अस्पताल च्यामासिंहमा निशुल्क शल्यक्रिया गरिने वडाध्यक्ष सापकोटाले बताउनुभयो । शिविरमा चस्मा बितरण भने वडा कार्यालयको सहयोगमा गरिएको थियो ।


प्रकाशित | १६ बैशाख २०८०, शनिबार १८:५८