उद्धव लुइटेल, ताचिकावा, टोकियो, जापान २०७९, असार २७ गते सोमबार मध्यान्हतिर मैले मेरा बाल्यकालका गुरू भीष्म बजगाईंलाई म्यासेन्जरबाट फ़ोन लगाएँ । तेह्रथुम पिप्लेको जन्मभूमि मै आजसम्म पनि जीवनयापन गरिरहेका भीष्म सरसँग यसअघि कहिले कुराकानी गरेको थिएँ मलाई स्पष्ट सम्झना छैन । २०५१ को हिउँदतिर मैले कक्षा ७ पास गरेपछि हिमालय निमावि ( हाल मावि) औपचारिक […]
भक्तपुर: भक्तपुरको डोलेश्वमा शिवरात्रीको अवसर पारेर सरसफाई गरिएको छ । महान पर्ब शिवरात्रीको अवसरमा केदारनाथ शिर डोलेश्वोर मन्दिर संरक्षण तथा बिकाश समिति र डिभिजन बन कार्यालयको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहकार्यमा सरसफाई कार्यक्रम आयोजना गरिएको हो । वडा नंं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतका अनुसार मन्दिरलाई सफा र प्लास्टिकमुक्त बनाउने अभियानको सुरुवातअनुसार सरसफाई गरिएको हो […]
काठमाडौं: गोकर्णेश्वरमा सामुदायिक प्रहरी पालिका समिति गठन गरिएको छ । नगर प्रमुख दिपक कुमार रिसालको संयोजकत्वमा पालिकास्तरीय सामुदायिक प्रहरी समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा नगर उपप्रमुख सान्नानी लामा, प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेत, सदस्य सचिवमा प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक सूर्य बहादुर रानामगर रहनु भएको छ । त्यस्तै, सदस्यहरुमा […]
भक्तपुर : ईप्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरु बीच इप्सन ओलम्पिक यहि माघ १६ देखि १८ गते सम्पन्न गरेको छ । विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा भएको उक्त ईप्सन ओलम्पिकमा ग्लोबल स्कुल प्रथम, मदरल्याण्ड स्कुल द्धितीय, सूर्योदय स्कुल र ईडेन गार्डेन स्कुलले तृतीय स्थान हासिल गर्न सफल भएका थिए । ईप्सन भक्तपुर अन्तर्गतका ११ वटा विद्यालयहरु […]
भक्तपुर : सूर्यविनायक नगरपालिकाको १३ औं नगर अधिवशेनका विभिन्न प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ । नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा सम्पन्न नगर सभामा प्रस्तुत विभिन्न प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको हो । १३ औं नगर अधिवेशनको निर्णयबारे जानकारी गराउनु हुँदै मेयर बासुदेव थापा नगर सभामा उपमेयर सरिता तिमिल्सिना, १० वटै वडाका वडाध्यक्षहरु, विभिन्न विषयगत […]
काठमाडौं । काठमाडौंको बौद्धमा रहेको महानगरीय प्रहरी वृत्तलाई कागेश्वरी मनोहरा नगरपालिकामा सार्न मेयर उपेन्द्र कार्कीले सक्रियता बढाउनु भएको छ । मेयर कार्कीले बौद्धको प्रहरी वृत्तलाई कागेश्वरीको वडा नम्बर ६ मा सार्न सक्रियता बढाउनु भएको हो । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले बौद्ध प्रहरी वृत्तलाई मनोहराभित्र राख्न आफू सक्रियतापूर्वक लागिरहेको बताउँदै प्रक्रिया पुर्याएर बढीमा १० […]
काठमाडौं : अनेरास्ववियु बागमती प्रदेश सम्पर्क कमिटिको अध्यक्षमा सुमन शिवाकोटी चयन हुनु भएको छ । सम्पर्क कमिटिको प्रथम भेलाबाट शिवाकोटी अध्यक्षमा चयन हुनु भएको हो । त्यस्तै, कमिटिको उपाध्यक्षमा विकल ढुंगाना, सचिवमा आर.के थपलिया, सहसचीवमा विवेक पौडेल, राजकुमार भण्डारी र सबिता पौडेल चयन हुनु भएको छ । त्यस्तैगरि, सदस्यहरुमा अशोक भट्ट, पर्शुराम जोशी, सन्देश कार्की, […]