कांग्रेस दोलखा-काठमाडौं सम्पर्क समिति अध्यक्षमा सुनखानीका शिवाकोटी चयन

काठमाडौं: नेपाली कांग्रेस दोलखा-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा सरोज शिवाकोटी चयन हुनु भएको छ । कालिन्चोक गाउँपालीका वडा नं ८ सुनखानीका शिवाकोटी समितिको अध्यक्षमा चयन हुनु भएको हो ।

पार्टी सभापति बर्मा लामाको प्रस्तावमा जिल्ला कार्य समिति दोलखाको बैठकले शिवाकोटीलाई अध्यक्षमा चयन गरेको हो ।

२०५२ साल देखि निरन्तर विद्यार्थी राजनीतिमा आबद्ध रहँदै आउनु भएको शिवाकोटी शंकरदेव क्यापसको एकाइ सचिव, स्ववियू सचिवको उम्मेदवार तथा यसअघि दोलखा समपर्क समितिको सचिवमा कार्यरत हुनुहुन्थ्यो ।


प्रकाशित | ३ जेष्ठ २०८०, बुधबार १०:५०