एनआरएनएका ६० वटा एनसिसीको निर्वाचन सकियो, अधिकांशमा निर्विरोध, २० वटा भने निस्कृय

काठमाडौं – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसिसी) हरुको निर्वाचन सम्पन्न भएको छ । अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसी) ले तोकेको समयसीमाभित्र अधिकांश एनसिसीहरुको निर्वाचन सम्पन्न भएको हो । संघका महासचिव डा. हेम राज शर्माका अनुसार ४ वटा बाहेक सबै एनसिसीहरुको निर्वाचन सम्पन्न भएको छ । एनसिसी डेनमार्कको निर्वाचन अगष्ट ७, एनसिसी पोर्चुगलमा केही […]

एशिया प्रशान्त क्षेत्रीय सह-संयोजकमा एनआरएनए चीनको दाबी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनले आगामी अक्टोवरमा हुन लागेको विश्व सम्मेलनमा एसिया प्रशान्त क्षेत्रीय सह-संयोजकमा दावी गरेको छ । सन २००७ मा एनआरएन एनिसिसी (राष्ट्रिय समन्वय परिषद) गठन भएदेखि सक्रिय रुपमा भूमीका निर्वाह गर्दै आएको चीनले आगामी अक्टोवरमा हुन लागेको विश्व सम्मेलनमा एसिया प्रशान्त क्षेत्रबाट क्षेत्रीय सह-संयोजकमा दावी गरेको हो । एनआरएनए […]

एनआरएनए मकाउका निवर्तमान अध्यक्ष पूर्ण गुरुङ आईसीसी सदस्यमा सर्वसम्मत चयन

मकाउ –  गैर आवासीय नेपाली संघ मकाउको निवर्तमान अध्यक्ष पूर्ण गुरुङ आईसीसी सदस्यमा सर्वसम्मत चयन हुनु भएको छ । एनआरएनए मकाउको सातौं अधिवेशनले गुरुङलाई आईसीसी सदस्यमा सर्वसम्मत चयन गरेको हो । आगामी कार्यकालको लागि अध्यक्षमा राजेश प्रसाई पनि निर्विरोध चयन हुनु भएको छ । प्रसाईको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । […]

एनआरएनए चीनका निवर्तमान अध्यक्ष प्रदिप न्यौपाने आइसिसी सदस्यमा निर्विरोध

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनका निवर्तमान अध्यक्ष प्रदिप न्यौपाने आइसिसी सदस्यमा निर्विरोध चयन हुनु भएको छ । न्यौपाने आगामी कार्यकालको लागि आइसिसी सदस्यमा निर्विरोध चयन हुनु भएको हो । दुई वर्षे कार्यकालमा एनसिसी चीनमा निकै नै महत्वपूर्ण योगदान गर्न सफल न्यौपानेले सबैको सल्लाह र सुझावअनुसार आइसिसी सदस्यमा उम्मेदवारी दिनु भएको थियो । […]

एनआरएनए मादागास्कर अध्यक्षमा दानबहादुर थापा निर्विरोध चयन

मदागास्कार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति मदागास्कारको अध्यक्षमा दान बहादुर थापा निर्विरोध चयन हुनु भएको छ ।कार्यसमितिको उपाध्यक्षमा सुवास आले मगर र आङ्ग गेल्जी शेर्पा, महासचिवमा पेम्बा शेर्पा, सचिवमा मन कुमार घर्ती मगर, कोषाध्यक्षमा भरत राज आचार्य, सह–कोषाध्यक्षमा गुरुङ्ग दमाई, युवा संयोजकमा हिम बहादुर बूढाथोकी र रमेश राना निर्वाचित हुनु भएको छ । […]

एनआरएनए फ्रान्सको अध्यक्षमा गीता खनाल थापा विजयी (मतपरिणामसहित)

पेरिस । एनआरएनए फ्रान्सको अध्यक्षमा गीता खनाल थापा विजयी हुनु भएको छ । आईतबार सम्पन्न निर्वाचनमा खनालले अर्का प्रतिस्पर्धी मीन बहादुर श्रेष्ठलाई ३८ मतको अन्तरले पछाडि पार्दै अध्यक्षमा विजयी हुनु भएको हो । खनालले २४८ मत प्राप्त गर्दा श्रेष्ठले २१० मत मात्र प्राप्त गर्नु भयो । २०१३ मा कार्यसमिति सदस्य भएर एनआरएनमा क्रियाशील हुनु भएको […]

एनआरएनए नाइजेरियाको अध्यक्षमा बिरेन्द्र गुप्ता सर्वसम्मत

लेगोस । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति नाइजेरियाको अध्यक्ष पदमा बिरेन्द्र गुप्ता विजयी हुनु भएको छ । लेगोसमा सम्पन्न आठौं बार्षिक साधारणसभाले बिरेन्द्र गुप्ताको अध्यक्षतामा नयाँ कार्य समिती सर्वसम्मतिले चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा अभिषेक मान सिंह , सुशील गिरी र महिला उपाध्यक्षमा अञ्जु खरेल चयन हुनुभएको छ । त्यसै गरि महासचिवमा सोमेश […]