एनआरएनए नाइजेरियाको अध्यक्षमा बिरेन्द्र गुप्ता सर्वसम्मत

लेगोस । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति नाइजेरियाको अध्यक्ष पदमा बिरेन्द्र गुप्ता विजयी हुनु भएको छ । लेगोसमा सम्पन्न आठौं बार्षिक साधारणसभाले बिरेन्द्र गुप्ताको अध्यक्षतामा नयाँ कार्य समिती सर्वसम्मतिले चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा अभिषेक मान सिंह , सुशील गिरी र महिला उपाध्यक्षमा अञ्जु खरेल चयन हुनुभएको छ ।

त्यसै गरि महासचिवमा सोमेश अर्याल, सचिवमा संजय थापा र टोप बहादुर गुरुङ, महिला सचिवमा अर्चना सिंह, कोषाध्यक्षमा सागर उप्रेती, सहकोषाध्यक्षमा सरोज कुमार, महिला संयोजकमा सविता सेठ, युवा संयोजकमा सुहिम थापा चयन हुनु भएको छ ।

कार्य समितिको सदस्यहरुमा सतिश पाण्डे (अबुजा), बिरेन्द्र बहादुर बस्नेत (कटसिना ), राजु धिताल (साङ्गो वटा), कृष्ण थापा (भिआई) ,सुभाष सिम्खडा (पोर्टहर्ट कोर्ट), राजु भुषाल (कानो) ,खुश्बु घिमिरे र रमेश बहादुर सुनाखरी मगर (लेगोस) निर्वाचित हुनु भएको छ ।

त्यसैगरी, आइसीसी सदस्यमा चिरञ्जीवी रोका चुनिनु भएको छ । समितिको सल्लाहकार समितिमा मन थापा, हिमा खडका, उर्मिला रोका, बिदुर घिमिरे, बिश्वास पौडेल, बिन्दु क्षेत्री चयन हुनु भएको छ । समितिको संरक्षकहरुमा हिक्मत थापा, संजीव क्षेत्री र चिरञ्जीवी रोका रहनु भएको छ ।


प्रकाशित | १७ श्रावण २०७८, आईतवार २२:२२