एनआरएनए मादागास्कर अध्यक्षमा दानबहादुर थापा निर्विरोध चयन

मदागास्कार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति मदागास्कारको अध्यक्षमा दान बहादुर थापा निर्विरोध चयन हुनु भएको छ ।कार्यसमितिको उपाध्यक्षमा सुवास आले मगर र आङ्ग गेल्जी शेर्पा, महासचिवमा पेम्बा शेर्पा, सचिवमा मन कुमार घर्ती मगर, कोषाध्यक्षमा भरत राज आचार्य, सह–कोषाध्यक्षमा गुरुङ्ग दमाई, युवा संयोजकमा हिम बहादुर बूढाथोकी र रमेश राना निर्वाचित हुनु भएको छ ।

त्यसैगरि वरिष्ठ सल्लाहाकारमा शिव राज कंडेल, रमेश राई र चन्द्र बहादुर खड्का रहनु भएको छ । कार्य समितिको सदस्यहरुमा राम कुमार राई, मार्क गुरुङ्ग, कर्ण शेर राई, बिर बहादुर मगर, पूर्ण बहादुर खड्का, तेज बहादुर कार्की, चन्द्र बहादुर खड्का, धन राज सावा लिम्बु, बुलन गुरुङ्ग निर्वाचित हुनु भएको छ ।


प्रकाशित | १८ श्रावण २०७८, सोमबार ००:०२