एनआरएनए मकाउका निवर्तमान अध्यक्ष पूर्ण गुरुङ आईसीसी सदस्यमा सर्वसम्मत चयन

मकाउ –  गैर आवासीय नेपाली संघ मकाउको निवर्तमान अध्यक्ष पूर्ण गुरुङ आईसीसी सदस्यमा सर्वसम्मत चयन हुनु भएको छ ।
एनआरएनए मकाउको सातौं अधिवेशनले गुरुङलाई आईसीसी सदस्यमा सर्वसम्मत चयन गरेको हो ।

आगामी कार्यकालको लागि अध्यक्षमा राजेश प्रसाई पनि निर्विरोध चयन हुनु भएको छ । प्रसाईको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । कार्यसमितिको प्रथम र द्दितिय उपाध्यक्षमा क्रमशः बिजय राज अर्याल र भिमसेन श्रेष्ठ चयन हुनु भएको छ ।

त्यस्तै, महासचिवमा उत्तम गुरुङ, सचिवमा शिव थापा, कोषाध्यक्ष निरन्जन खड्का र सहकोषाध्यक्षमा दिपक तामाङ, युवा संयोजकमा अमृत गुरुङ र महिला संयोजकमा बिन्दु सुनुवार राई चयन हुनु भएको छ ।

त्यसैगरी, सदस्यहरुमा रोशन गुरुङ, शुभ गुरुङ, निरज थापा, विशाल पौडेल, मकर राई, अमित खड्गी चयन हुनु भएको छ ।


प्रकाशित | १८ श्रावण २०७८, सोमबार २२:३५