एनआरएनए चीनका निवर्तमान अध्यक्ष प्रदिप न्यौपाने आइसिसी सदस्यमा निर्विरोध

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनका निवर्तमान अध्यक्ष प्रदिप न्यौपाने आइसिसी सदस्यमा निर्विरोध चयन हुनु भएको छ । न्यौपाने आगामी कार्यकालको लागि आइसिसी सदस्यमा निर्विरोध चयन हुनु भएको हो ।

दुई वर्षे कार्यकालमा एनसिसी चीनमा निकै नै महत्वपूर्ण योगदान गर्न सफल न्यौपानेले सबैको सल्लाह र सुझावअनुसार आइसिसी सदस्यमा उम्मेदवारी दिनु भएको थियो । तर उहाँको पक्षमा सर्वसम्मती भएपछि न्यौपाने निर्विरोध हुनु भएको हो । कोभिड-१९ महामारीका बीच पनि एनसिसी चीनले महत्वपूर्ण भूमीका निर्वाह गर्न सफल भएको थियो ।

एनसिसी चीनमा आगामी कार्यकालको लागि रोहित अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । उपाध्यक्षमा निर्मल शर्मा चौलागाई र विष्णु प्रसाद दुमरु, महिला उपाध्यक्षमा सबिता बर्तौला, महासचिवमा यादव अर्याल, सचिवमा बिष्णुहरी भण्डारी र राजकुमार खरेल, कोषाध्यक्षमा बलराम तामाङ, सह कोषाध्यक्षमा रबिन्द्र कुमार माली र युवा संयोजकमा सुबर्ण श्रेष्ठ, महिला संयोजकमा पुन्यवति सुबेदी कोईराला निर्वाचित हुनु भएको छ ।

त्यस्तैगरि, सदस्यहरुमा युबराज थापा, प्रदीप नेपाल, तुलसी न्यौपाने,दिपक अग्रवाल, प्रदीप सिंह, सुरज शर्मा, यादब दाहाल, प्रेम प्रसाद सुबेदी, नबराज तिमिल्सेना चुनीनु भएको छ ।


प्रकाशित | १८ श्रावण २०७८, सोमबार २१:४३