एनआरएनएले आफ्नै खर्चमा जहाज पठाएर अफगानिस्तानबाट नेपालीहरुको उद्दार गर्ने

काठमाडौं –  गैर आवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तानबाट नेपालीहरुको उद्दार गर्ने भएको छ । सोमबार बसेको एनआरएन सचिवालय बैठकले आफ्नै खर्चमा जहाज पठाएर अफगानिस्तानबाट नेपालीहरुको उद्दार गर्ने विषयमा छलफल गरेको हो । मंगलबार पुनः बस्ने सचिवालय बैठकले कहिले जहाज पठाउने भन्ने बारे निर्णय गर्नेछ। संघका अनुसार अहिले अफगानिस्तानमा १४ हजार नेपाली कार्यरत छन् । […]

एनआरएनए क्यानाडाले पायो नयाँ नेतृत्व, सभापतिमा थापा र अध्यक्षमा गौतम

क्यानडा – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी क्यानडाको अधिवेशनबाट अध्यक्षमा दिपकदत्त गौतम निर्वाचित हुनु भएको छ । क्यानाडाको अन्टारियो प्रान्तस्थित नायग्रा फल्समा सम्पन्न साधारण सभाले थापालाई सभापति र दिपकदत्त गौतमलाई अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति चयन गरेको हो। दुई साताअघि निर्वाचित १९ जना राष्ट्रिय समन्वय परिषद् (एनसिसी) सदस्य र पुरानो कार्यसमितिका […]

अफगानिस्तानमा रहेका नेपालीहरुको यथाशीघ्र उद्धार गर्न पन्तको सरकारलाई ध्यानकर्षण

काठमाडौं –  गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अफगानिस्तानमा संकटग्रस्त अवस्थामा रहेका नेपालीको यथाशीघ्र उद्धार गर्न सरकारको ध्यानकर्षण गराउनु भएको छ । अध्यक्ष पन्तले एक विज्ञप्ति जारी गर्दै संकटग्रस्त अवस्थामा रहेका नेपालीहरुको यथाश्रीघ उद्धार गर्न सरकारको ध्यानर्कषण गराउनु भएको हो । अध्यक्ष पन्तले सो विषयमा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सँग पनि छलफल गर्दै ध्यानर्कषण […]

वैदेशिक रोजगारीलाई ब्यवस्थित बनाउन एनआरएनएद्धारा श्वेतपत्र जारी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीलाई ब्यवस्थित गर्ने उद्देश्यले श्वेतपत्र जारी गरेको छ। संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले वैदेशिक रोजगारमा रहेका आप्रवासी नेपाली कामदारको अवस्था र भावी रणनीति तय गर्न सहयोगी बनोस् भनेर श्वेतपत्र  जारी गरिएको हो । आइतबार बालुवाटारस्थित संघको सचिवालयमा एनआरएनए अध्यक्ष कुमार पन्त, विभाग प्रमुख डा. बद्री […]

एनआरएनए ओशिनिया क्षेत्रीय संयोजकमा न्यूजील्याण्डको दावी

न्यूजील्याण्ड – गैर आवासीय नेपाली संघ ओशिनिया क्षेत्रीय संयोजकमा एनसिसी न्यूजील्याण्डका निवर्तमान अध्यक्ष लाल केसीले दावी गर्नु भएको छ । गैर आवासीय नेपाली संघको आगामी अक्टोवर २३ र २४ मा हुन लागिरहेको निर्वाचनको लागि केसीले ओशिनिया क्षेत्रीय संयोजकमा दावी गर्नु भएको हो । केसीले सधै ठुला एनसीसीहरूको मात्रै एकाधिकार जस्तै हुँदै आएको अवस्थामा साना देशहरुले […]

नेपाल फर्कदै बहराईनका राजदूत पदम सुन्दास, एनआरएनएले गर्‍यो बिदाई

बहराईन –  बहराईनका लागि नेपाली राजदूत पदम सुन्दास आफ्नो ४ वर्षे कार्यकाल पूरा गरि नेपाल फर्कँदै हुनुहुन्छ । राजदुत सुन्दासले बहराईनमा रहेर नेपालीहरु बीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ गर्न महत्वपूर्ण भूमीका निर्वाह गर्नु भएको थियो । राजदूत सुन्दासले नेपाल भ्रमण वर्ष-२०२०, कोभिड-१९ को कारण पूरा गर्न नसकिएको अवस्थामा समेत बहराईनका राजपरिवारको सदस्यहरुबाट नेपालको सगरमाथा लगायतका […]

संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक तत्काल अघि बढाइने

काठमाडौं  – लामो समयदेखि संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक तत्काल अघि बढाइने भएको छ ।  कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक तत्काल अघि बढाइने प्रतिबद्धता जनाउनु भएको हो । एनआरएनए अध्यक्ष कुमार पन्त, संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछानेले आज विधेयकको विषयमा ध्यानर्कषण गराउनु भएसँगै […]