एनआरएनए फ्रान्सको अध्यक्षमा गीता खनाल थापा विजयी (मतपरिणामसहित)

पेरिस । एनआरएनए फ्रान्सको अध्यक्षमा गीता खनाल थापा विजयी हुनु भएको छ । आईतबार सम्पन्न निर्वाचनमा खनालले अर्का प्रतिस्पर्धी मीन बहादुर श्रेष्ठलाई ३८ मतको अन्तरले पछाडि पार्दै अध्यक्षमा विजयी हुनु भएको हो ।

खनालले २४८ मत प्राप्त गर्दा श्रेष्ठले २१० मत मात्र प्राप्त गर्नु भयो । २०१३ मा कार्यसमिति सदस्य भएर एनआरएनमा क्रियाशील हुनु भएको खनालले २०१५ देखि २०१७ सम्म महिला संयोजक र २०१७ देखि २०२१ सम्म वरिष्ठ उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । 

त्यस्तै आइसीसी सदस्यमा एक बहादुर मल्ल र अमर बहादुर भण्डारीले २२५ बराबरी मत ल्याउनु भएको छ ।

त्यस्तै उपाध्यक्षमा लोक बहादुर पुन र शिवराम भण्डारी, महासचिवमा दिलिप गुरुङ, सचिमा कमल बिक्रम के.सी, कोषाध्यक्षमा टिकादत्त अधिकारी, सहकोषाध्यक्षमा महेश्वर शर्मा, युवा संयोजकमा उमेश बञ्जरा, महिला संयोजकमा पार्वती खड्का अधिकारी निर्वाचित हुनु भएको छ ।

त्यसैगरी कार्यसमिति सदस्यमा सुमित्रा थापा, सुजिता सिटौला भट्टराई, मान बहादुर सेन्चुरी, राजेन्द्रबाबु श्रेष्ठ, लक्ष्मण मल्ल निर्वाचित हुनु भएको छ ।

यस्तो छ मतपरिणाम


प्रकाशित | १७ श्रावण २०७८, आईतवार २३:०९