नेपाल फर्कदै बहराईनका राजदूत पदम सुन्दास, एनआरएनएले गर्‍यो बिदाई

बहराईन –  बहराईनका लागि नेपाली राजदूत पदम सुन्दास आफ्नो ४ वर्षे कार्यकाल पूरा गरि नेपाल फर्कँदै हुनुहुन्छ । राजदुत सुन्दासले बहराईनमा रहेर नेपालीहरु बीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ गर्न महत्वपूर्ण भूमीका निर्वाह गर्नु भएको थियो ।

राजदूत सुन्दासले नेपाल भ्रमण वर्ष-२०२०, कोभिड-१९ को कारण पूरा गर्न नसकिएको अवस्थामा समेत बहराईनका राजपरिवारको सदस्यहरुबाट नेपालको सगरमाथा लगायतका हिमालहरुको आरोहण गर्ने कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गराउनु भएको थियो ।

गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद, बहराईनले राजदूत सुन्दासको कार्यकाल उपलब्धीपूर्ण रहेको जनाएको छ । साथै यहि १९ अगष्ट नेपाल फर्कन लाग्नु भएको राजदूत सुन्दासलाई मायाको चिनो प्रदान गर्दै बिदाई गरेको छ ।

एनआरएनए बहराईन अध्यक्ष लक्ष्मी गिरीले राजदुत सुन्दासलाई मायाको चिनो प्रदान गर्दै बिदाई गर्नु भएको हो ।


प्रकाशित | ३१ श्रावण २०७८, आईतवार ०९:५७