एनआरएनए ओशिनिया क्षेत्रीय संयोजकमा न्यूजील्याण्डको दावी

न्यूजील्याण्ड – गैर आवासीय नेपाली संघ ओशिनिया क्षेत्रीय संयोजकमा एनसिसी न्यूजील्याण्डका निवर्तमान अध्यक्ष लाल केसीले दावी गर्नु भएको छ । गैर आवासीय नेपाली संघको आगामी अक्टोवर २३ र २४ मा हुन लागिरहेको निर्वाचनको लागि केसीले ओशिनिया क्षेत्रीय संयोजकमा दावी गर्नु भएको हो ।

केसीले सधै ठुला एनसीसीहरूको मात्रै एकाधिकार जस्तै हुँदै आएको अवस्थामा साना देशहरुले पनी संयोजकको भूमिका पाउनुपर्ने भन्दै आफ्नो दावी प्रस्तुत गर्नु भएको हो । केसीले एनसिसी न्यूजील्याण्डको अध्यक्ष हुँदा निकै महत्वपूर्ण कार्य गर्न सफल हुनु भएको थियो ।

ओशिनिया क्षेत्रमा दुई कार्यकाल अष्ट्रेलियाले संयोजकको भूमीका निर्वाह गरिसकेको छ । तर विधानमा दुई कार्यकाल एकै देशबाट भएमा तेस्रो कार्यकालमा आउन नमिल्ने ब्यवस्था गरिएकाले यो पटक न्यूजील्याण्ड जस्ता साना एनसिसीले संयोजकको भूमीका पाउनु पर्ने केसीले दावी प्रस्तुत गर्नु भएको हो ।

केसीले एनआरएनए एक अभियान भएकाले सबैलाई यस अभियानको मालामा जोड्नुपर्ने बताउनु भयो ।


प्रकाशित | ३१ श्रावण २०७८, आईतवार १०:३०