एनआरएनए क्यानाडाले पायो नयाँ नेतृत्व, सभापतिमा थापा र अध्यक्षमा गौतम

क्यानडा – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी क्यानडाको अधिवेशनबाट अध्यक्षमा दिपकदत्त गौतम निर्वाचित हुनु भएको छ ।

क्यानाडाको अन्टारियो प्रान्तस्थित नायग्रा फल्समा सम्पन्न साधारण सभाले थापालाई सभापति र दिपकदत्त गौतमलाई अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति चयन गरेको हो।

दुई साताअघि निर्वाचित १९ जना राष्ट्रिय समन्वय परिषद् (एनसिसी) सदस्य र पुरानो कार्यसमितिका पदाधिकारीहरुको उपश्थितिमा साधारण सभा सम्पन्न भएको हो।

सभापतिमा क्याल्गेरीका सम्राटकुमार थापा र एडमण्टनका लक्ष्मण अधिकारीबीच प्रतिस्पर्धा भएको थियो।  जसमा १४ मत ल्याउँदै सम्राट सभापति निर्वाचित हुनु भएको छ भने लक्ष्मणले ५ मत प्राप्त गर्नु भएको छ ।

अध्यक्षमा ब्राम्प्टनका दिपकदत्त गौतम र टोरन्टोका गोपालप्रसाद भण्डारीबीच प्रतिस्पर्धा भएको थियो। जसमा १४ मत प्राप्त गर्दै दिपक अध्यक्षमा विजयी हुनु भयो भने गोपालले ५ मत प्राप्त गर्नु भयो ।

निर्बाचित अन्तरास्ट्रिय समन्वय परिषद सदस्यहरु

१. सन्त राज भण्डारी
२. शम्भु धमला
३. गिरि प्रसाद बुढाथोकी
४. दुर्गा बहादुर अधिकारी

निर्बाचित कार्य समिति र रास्ट्रिय समन्वय परिषद सदस्यहरु 

१. सम्राट कुमार थापा – सभापति
२. दिपक दत्त गौतम – अध्यक्ष
३. संगीता जी सी – उपाध्यक्ष (महिला)
४. दीपक सापकोटा – उपाध्यक्ष
५. कृष्ण न्यौपाने – उपाध्यक्ष
६. शैलेन्द्र चापागाईं – उपाध्यक्ष
७. अनुप सुबेदी – माहासचिब
८. राजेन्द्र पोख्रेल – सचिब
९. यम बहादुर खत्री – कोसाध्यक्ष
१०. बाबुराम बानिया – सदश्य
११. पितानाथ पौडेल – सदश्य
१२. बिरेन्द्र बहादुर रावत – सदश्य
१३. पिताम्बर भट्टराई – सदश्य
१४. गोपाल प्रसाद भण्डारी – सदश्य
१५. बिनोद कुमार सुबेदी – सदश्य
१६. राजु भट्टराई – सदश्य
१७. प्रमेश गुप्ता – सदश्य
१८. लक्ष्मण अधिकारी – सदश्य
१९. सोम बहादुर गुरुङ – सदश्य


प्रकाशित | ३२ श्रावण २०७८, सोमबार १६:४६