एनआरएनएले आफ्नै खर्चमा जहाज पठाएर अफगानिस्तानबाट नेपालीहरुको उद्दार गर्ने

काठमाडौं –  गैर आवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तानबाट नेपालीहरुको उद्दार गर्ने भएको छ । सोमबार बसेको एनआरएन सचिवालय बैठकले आफ्नै खर्चमा जहाज पठाएर अफगानिस्तानबाट नेपालीहरुको उद्दार गर्ने विषयमा छलफल गरेको हो ।

मंगलबार पुनः बस्ने सचिवालय बैठकले कहिले जहाज पठाउने भन्ने बारे निर्णय गर्नेछ। संघका अनुसार अहिले अफगानिस्तानमा १४ हजार नेपाली कार्यरत छन् ।

बैठकमा संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा.बद्री केसी, सोनाम लामा, रवीना थापालगायत एसिया प्याशिफिक क्षेत्रीय उपसंयोजक डिआरसी खगेन्द्र न्यौपाने, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक डिआरसी मनोज गोर्खालीलगायतको सहभागीता थियो।


प्रकाशित | ३२ श्रावण २०७८, सोमबार २०:५३