सेयर बजार ४.४२ अंकले बढ्यो: कारोबारमा नेपाल बैंक अग्रस्थानमा

काठमाडौं : साताको तेस्रो दिन आज ( मंगलबार ) शेयर बजारमा सुधार आएको छ । केहि दिनदेख लगातार ओरालो लागेको शेयर बजारमा आज भने सामान्य सुधार आएको हो । आज नेप्से मापन गर्ने सूचक ४.४२ अंकले बढेर १३१२.१४ बिन्दुमा रोकिएको छ । मंगलबार १७३ कम्पनीको ३१ लाख २ हजार २८४ कित्ता सेयर ८१ करोड ४४ […]

सुनचाँदीको मूल्य स्थिर

काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ५९ हजार २ सय रुपैयाँमै कारोबार भईरहेको छ । चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय ५ रुपैयाँमै कारोबार भईरहेको महासंघले […]

तीन अर्बको अप्टिकल फाइबर परियोजना सुरु: ३२ जिल्ला सदरमुकाम र स्थानीय तहमा जोडिँदै

काठमाडौं :  नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले सोमबारदेखि २ हजार १ सय ७९ किलोमिटर लामो अप्टिकल फाइबर विस्तारको काम सुरु गरेको छ । कम्पनीले अप्टिकल फाइबर विस्तारको पहिलो खण्डअन्तर्गत मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको चियो भञ्याङदेखि गोरखाको आरुघाटसम्म काम सुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङबाट अप्टिकल फाइबर विस्तार शुभारम्भ गरेका छन् । प्रधानमन्त्री ओलीले […]

निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल: चर्चा बढी प्रगति शून्य

बारा: दुई दशकअघि नै सरकारले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको खाँचो महसुस गरेर सबैभन्दा उपयुक्त क्षेत्रको रुपमा पहिचान गरेको बाराको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य काम अझै सुरु हुन सकेको छैन । चर्चा बढी भए पनि आयोजनाको प्रगति भने शून्य अवस्थामा छ । विमानस्थल निर्माणका लागि रुख कटान गर्ने विषयमा बढी विवाद र चर्को वहस थालिएपछि आयोजना […]

डलरको मूल्य घट्यो

काठमाडौं : आज जेष्ठ ७ गते मंगलबारको दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २८ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ८८ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८८ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर […]

शेयर बजार ओरालो लाग्ने क्रम जारी

काठमाडौं : साताको दोस्रो दिन आज (सोमबार ) पनि शेयर बजारमा गिरावट आएको छ । शेयर बजार आज नेप्से परिसूचक ९.१३ बिन्दुले घट्दा १३०७।७१ बिन्दुमा रोकिएको छ । कूल १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर एक अर्ब २२ करोड पाँच लाख सात हजार ४८५ मूल्यमा कारोबार भएको छ । ११ उपसमूहमध्ये आज […]

सूर्यविनायकमा सिद्धार्थ बैंकको नयाँ शाखा

भक्तपुर: भक्तपुरको सूर्यविनायकमा सिद्धार्थ बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुरयाउने उद्देश्यले उक्त शाखाहरू सञ्चालनमा ल्याएको जनाएको छ । बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा, अत्याधुनिक […]